काठमाण्डु – नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका हुन् ।
गर्बुजा कांग्रेसबाट उम्मेदवार भई म्याग्दीबाट सांसद निर्वाचित भएका थिए । यसअघिका राज्यमन्त्री रहेका कांग्रेस सांसद पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।

प्रतिक्रिया