काठमाण्डु आइपुगिन् जापानकी विदेशमन्त्री, आजै टोकियो फर्किने


काठमाण्डु- जापानकी विदेशमन्त्री खामिखावा योको काठमाण्डु आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा आज उनी काठमाण्डु आइपुगेकी हुन् ।

उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए ।  आज विदेशमन्त्री योकोले राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम गरेको छ । उनी आजै टोकियो फर्किने कार्यक्रम छ । सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement