धरौटीमा रिहा भएपछि पहिलाे पटक पार्टीको बैठकमा पुगे बालकृष्ण खाँण

धरौटीमा रिहा भएपछि पहिलाे पटक पार्टीको बैठकमा पुगे बालकृष्ण खाँण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको बैठकमा सहभागी भएका छन्।

थुनाबाट निस्किएपछि पहिलो पटक उनी शुक्रबार कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गएका हुन्। बिहीबारको बैठकमा भने उनी उपस्थित भएका थिएनन्।

शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा खाँण केन्द्रीय कारागार सुन्धारमा थिए।