दम्भ र घमन्डकाे प्रवृत्ति अन्त्य नभए गठबन्धन फुट्ने खनालको प्रचण्डलाई चेतावनी


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा उनीहरुबीच सत्ता समीकरणमा देखिएको असमझदारी र सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा एकीकृत समाजवादी सामेलबारे छलफल भएको हो ।

भेटवार्तामा नेता खनालले प्रधानमन्त्री प्रचण्डलाई सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन आग्रह गरेका छन् । त्यस्तै उनले सत्ता गठबन्धनभित्र दम्भ र घमन्डका प्रवृत्तिको अन्त्य नभए सत्ता गठबन्धन टिक्न गाह्रो हुने बताएका थिए ।

‘यहाँभित्र दम्भ र घमन्डका प्रवृत्ति पनि छन् । ती समस्या समाधान गर्न सकिएन भने गठबन्धन टिक्न गाह्रो हुन्छ’, खनालले प्रधानमन्त्रीसँगको भेटवार्ता पछि भने ।

सुदूरपश्चिममा एकीकृत समाजवादी कांग्रेससँग मिलेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement