जसपा विभाजनले सत्ता समीकरण थप बलियो भयोः झलनाथ खनाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनता समाजवादी पार्टीको विभाजनले सत्ता समीकरण थप बलियो भएको बताएका छन् ।

सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्ता पछि खनालले सत्ता समीकरणलाई थप बलियो भएको प्रतिक्रिया दिएका हुन् । जसपा विभाजनले एकीकृत समाजवादीमा आउन लागेको भुईँचालो रोकिएको उनको भनाइ छ ।

‘हाम्रो पार्टीमा यदि भुईँचालो आउनै लागेको भए पनि जसपाको हिजोको घटनाले त्यो टरेको छ । साथै सत्ता समीकरण पनि थप बलियो भएको छ ।’, उनले भने ।

खनाललाई भेट्न सोमबार बिहान अर्थमन्त्री पुन उनको निवास पुगेका थिए। उनीहरुबीच अहिलेको समीकरणलाई थप बलियो बनाउनेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement