समाजवादी मोर्चा घोषणालाई लिएर झलनाथ खनाल असन्तुष्ट, कार्यक्रममा सहभागी नहुने


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल समाजवादी मोर्चा घोषणालाई लिएर असन्तुष्ट देखिएका छन् । लक्ष्य, उद्देश्य तथा प्रधान शत्रु किटान नभइ मोर्चा घोषणाको अर्थ नहुने भन्दै असन्तुष्ट जनाएका हुन् ।

यसैबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने कार्यक्रममा खनाल सहभागी नहुने भएका छन् । समाजवादी मोर्चाको घोषणासभा आज अपरान्ह ४ बजे राखिएको छ ।

त्यसअघि प्रतिवद्धता पत्रलाई अन्तिम रुप दिन चार दलका नेताहरुको बैठक बसेको थियो । बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका नेता खनालले मोर्चाको प्रधान शत्रु को हो हो भनेर प्रश्न गरेका थिए । नेताहरुले अहिले मोर्चाको उद्देश्यहरु तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement