पूर्व आईजीपी खनालविरुद्ध अदालत जान्छौं : सागर थापा


काठमाडौं– म्याच फिक्सिङको आरोप लागेर अदालतबाट सफाइ पाएका फुटवलर सागर थापाले पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् । थापाले एक टेलिभिजनमा अन्तर्वाता दिंदै आफूहरुलाई नियोजित रुपमै मुद्दा चलाइएकोमा भन्दै पूर्वआइजीपी खनालविरुद्ध मुद्दा दायर गर्ने बताएका हुन् ।

राज्यविरुद्धको अपराधको मुद्दाबाट थापासहित खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सर्वोच्चबाट सफाइ पाएका थिए । सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गरेको हो ।

सफाइ पाएपछि अन्तर्वातामा थापाले भनेका छन्, ‘नगरेको अपराधबाट सफाइ पाउंछौं भन्ने त थाहा थियो । तर यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन् । हामी खनालविरुद्ध मुद्दा दायर गर्छौ । उनको कारण जिन्दगी नै बरवाद भयो । ’

आफुलाई लागेको अभियोगले गलत सन्देश गएको भन्दै पुर्व कप्तान थापाले एन्फाले पनि त्यो वेला केही नगरेको गुनासो गरे । उनले आफुहरु अपराधी नभएको प्रमाणित भएपनि अव त्यसको मूल्याकंन कसले गर्ने भन्दै दुखेसो पोखेका छन् ।

नेपाली फुटबलमा पहिलो पटक खेल मिलेमतो (म्याच फिक्सिङ)को आरोप लागेका थापाले आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएको गुनासो गरेका छन् ।

पुर्व आईजीपी खनालमाथी सांसद अपहरणमा संलग्न रहेको आरोप समेत लागेको थियो । खनालले आफु प्रहरी महानिरीक्षक बन्नको लागी आफुलाई फसाईएको दावी पुर्व कप्तान थापाले गरेका छन् । खनालमाथी प्रहरीमा हुंदा व्यक्तिगत प्रतिशोध सांधेर इन्काउण्टर गरेको र आफ्नै सहकर्मीलाई झुठा आरोप लगाएर फसाउन खोजेको आरोप पनि छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement