श्रृंखला खतिवडा नेपाल–फ्रान्स सम्बन्धकी सदभावना दूत घोषित


काठमाडौं-   मिस नेपाल श्रृंखला खतिवडा नेपाल–फ्रान्स सम्बन्धकी सदभावना दूत भएकी छन् । आउँदो अप्रिलमा नेपाल र युरोपेली मुलुक फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवशरमा श्रृंखला सद्भावना दूत बनेकी हुन् ।

फ्रान्सेली दूतावास र परराष्ट्र मन्त्रालयले सन् २०१९ भरी नै विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् । बुधबार परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सेली विदेश सचिव मोरिस गर्दो मोन्तानबीच बैठक भएको छ ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सचिव वैरागीले फ्रान्सले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement