काठमाण्डु – १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैतमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को शुक्रबार बसेको ११८औं बोर्ड बैठकले आउँदो चैत २३–३० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको राखेपका बोर्ड सदस्य डा. मधुसूधन सुवेदीले बताए ।
यसअघि प्रतियोगिता मंसिर २–९ गतेसम्म गर्ने तयारी थियो तर तयारी नपुगेको भन्दै तोकिएको मितिमा हुन सकेको थिए । दशौं राष्ट्रिय खेलकुदमा ३५ वटा खेल समावेश हुने सदस्य सुवेदीले जानकारी दिए ।
२०७९ असोज–कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदबाटै दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो । खेलकुद मन्त्रीले फागुनमा गर्ने प्रस्ताव गरे पनि खरिददेखि मैदान निर्माणसम्मको विषयले चैतमा गर्न लागिएको छ ।
प्रतिक्रिया