राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा खिमलाल भट्टराई, प्रमुख सचेतकमा देवेन्द्र दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई चयन भएका छन् ।

बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्। ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई नियुक्त गरेका छन् ।

दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएको जनाइएको छ । यसअघि सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए । उनको पदावधि फागुन १९ गते सकिएको छ ।