बागलुङका ६ स्थानीय तहमा १ लाख ३६ हजारभन्दा बढी पशुलाई विभिन्न रोगविरुद्धको खोप

बागलुङका ६ स्थानीय तहमा १ लाख ३६ हजारभन्दा बढी पशुलाई विभिन्न रोगविरुद्धको खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बागलुङका ६ स्थानीय तहमा १ लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले ढोरपाटन, गलकोट, निसीखोला, तमानखोला, बडिगाड र ताराखोलाका पशुहरूलाई घरदैलो र चरन क्षेत्रमै पुगेर खोप सेवा दिएको हो।

१७ हजार तीन सय ६५ गाई, २७ हजार ५२ भैँसी र आठ सय ३० बङगुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । त्यसैगरी ६९ हजार चार सय ८४ बाख्रा र १३ हजार तिनसय ७९ भेडालाई पिपिआर खोप दिइएको छ ।

रेविजविरुद्धको खोप सामुदायिक र घरपालुवा गरी ७,७७४ कुकुरलाई खोप लगाइएको छ। सङ्क्रामक रोगविरुद्धको सिएसएफ खोप आठ सय ९७ बङ्गुरलाई लगाइएको कार्यालय प्रमुख डाक्टर श्रषिराम सापकोटाले बताए । साथै पशुको रोग प्रतिरोधात्मक क्षमता बढाउन र किसानको आर्थिक नोक्सानी कम गर्न यो अभियान चलाइएको पनि जानकारी दिए ।

पहिलो चरणको अभियान सकिएसँगै वैशाख १ गतेदेखि बागलुङ नगरपालिका, काठेखोला, जैमिनी र बरेङ गाउँपालिकामा दोस्रो चरणको खोप अभियान सुरु भइसकेको छ। वैशाख मसान्तसम्म बाँकी चार तहका सबै पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ।