खोटाङमा चार आन्दोलनकारी पक्राउ


खोटाङ – खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिबासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो ।

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताउनुभयो । परीक्षा केन्द्रमा प्रवेश गरेर विथोल्न खोजेकाले पक्राउ गरिएको प्रजिअ उपाध्ययको भनाई हो । हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम भएकाले नियन्त्रणमा लिईएको जनाईएको छ ।

संविधानमा व्यवस्था समावेशी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार १ नम्बर प्रदेश बन्द आव्हान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement