खोटाङमा पहिरोले घर बगायो, श्रीमान घाइते, श्रीमती र दुई सन्तान बेपत्ता – KathmanduPati
समाचार

खोटाङमा पहिरोले घर बगायो, श्रीमान घाइते, श्रीमती र दुई सन्तान बेपत्ता

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले घर बगाउँदा एकै घरका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भइका छन् ।

dish home

उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका छन् । आज बिहान करिब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको हो । घरदेखि करिब चार सय मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या परेको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top