खुर्पाले हानेर श्रीमतीको हत्या, भाग्दै गरेका श्रीमान् पक्राउ


ललितपुर- गोदावरी नगरपालिका-१ गोदामचौरस्थित जग्गा भाडामा लिई टहरा बनाई बसेका सिन्धुली घर भएका ४२ वर्षीय जयबहादुर वाईवालाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । उनले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई मंगलबार बिहान खुर्पाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार घटना मंगलबार बिहान करिब ५स्३० बजे तिर भएको हो। घट्नाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेका थिए। प्रहरीका अनुसार घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा वाइवालाई पक्राउ गरेको हो।

वाइवा सिन्धुली घर भइ हाल ललितपुरको इँटा भट्टामा काम गर्दै आएका थिए।सुनमाया वाइवा पनि सोही भट्टाको छाप्रोमा बस्दै आएका थिइन्।जेठी श्रीमती पोइल गएपछि वाइवाले कान्छी श्रीमती सुनामायालाई भित्र्याएका थिए । उनीहरूका ५ र २ वर्षका दुईवटा नानी छन्। वाइवाले प्रहरीलाई दिएको बयानअनुसार श्रीमतीसँग मनमुटाव भएपछि रिस थाम्न नसकेर श्रीमतीको हत्या गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement