काठमाण्डु – राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीलाई चेक अनादर मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।
जिल्ला अदालत काठमाण्डुले २०७६ सालमा उनलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै ३ महिना कैद सजाय गरेकोमा पुनरावेदन गर्दै उनी सर्वाेच्च पुगेकी थिइन् ।
उनीविरुद्ध मुद्दा हालेका गोपाल कटुवालले आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि सोमबार ६ वर्षपछि न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको इजलासले ओलीलाई सफाइ दिएको छ ।
२०७६ जेठ ८ गते काठमाण्डु जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवानाको फैसला सुनाएको थियो । सप्तरीका गोपाल कटुवालले दायर गरेको मुद्दामा उनले सन् २०१७ जनवरी ३ को मितिमा काटेको चेकबाट रकम भुक्तानी नभएका कारण चेक अनादर भएको थियो ।
प्रतिक्रिया