सहकर्मीबाटै अपहृत युवकको यसरी उद्धार गर्‍यो प्रहरीले, तीन जना पक्राउ


कैलाली– धनगढी उपमहानगरपालिकाको रातोपुलस्थित जलशा होटलबाट आफ्नै सहकर्मीबाट अपहरणमा परेका एक जना युवकलाई प्रहरीले आधा घण्टामै उद्धार गरेको छ।

होटलमा कार्यरत चक्र खड्का र वसन्त भाटबीच विवाद भएपछि  खड्काले साथीहरू बोलाएर भाटको अपहरण गराएका थिए।
तर, प्रहरीले आधा घण्टामै उद्धार गरेको हो।  बसन्त भान्सामा काम गर्छन् भने चक्र वेटर हुन्।

कसरी उद्धार गर्यो प्रहरीले : 

भाटलाई मंगलबार बिहान करीब ९ बजे मोटरसाइकलमा राखी मोहना नदीतर्फ लगिएको थियो। खड्काले चारपाँच जना साथी बोलाएर आफूलाई मार्छु भन्दै मोटरसाइकलमा जबरजस्ती राखेर मोहनातर्फ लगेको भाटले बताए।

तर, प्रहरीले उक्त घटनामा संलग्न चक्र खड्का, धनगढी–२ का हर्केश बाग र १९ वर्षीय कुन्दन जोशीलाई पक्राउ गर्न सफल भएको कैलालीका प्रहरी निरीक्षक गोविन्द खड्काले जानकारी दिए।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले भाटको उद्धार गरेको हो।

साथै अपहरणमा प्रयोग भएको से७प३४४५ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। तर, उक्त  घटनामा संलग्न छत्र कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement