प्रकृति मृत्यु प्रकरण : केआईआईटीमा तनाव कायमै, पक्राउ परेका ५ जना जमानतमा छुटे

प्रकृति मृत्यु प्रकरण : केआईआईटीमा तनाव कायमै, पक्राउ परेका ५ जना जमानतमा छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा आइतबार नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न तनाव कायमै छ ।

प्रकृतिको शंकास्पद अवस्थामा मृत भेटिएको घटना अनुसन्धानका लागि राज्य प्रहरीले फक्राउ गरेका ६ जना मध्ये ५ जनालाई जमानतमा रिहा गरेको छ ।

प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनापछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै बलजफ्ती छात्रावासबाट निकालिएको थियो ।

यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।

न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी–२ (जेएमएफसी–२) अदालतले २० हजार भारतीय रुपैयाँको धरौटीमा उनीहरूलाई रिहा गरेको ओडिसा टिभीले उल्लेख गरेको छ ।

भुवनेश्वर प्रहरीले पक्राउ गरेका पाँच जनालाई अदालतमा पेश गरेको थियो । पक्राउ पर्नेहरूमा मिश्रा, चम्पती, राठ, नायक र बेहरा छन् । तर प्रकृतिको मृत्युसँग जोडिएका उनका साथी श्रीवास्तवलाई न्यायिक हिरासतमा राखी अनुसन्धान जारी छ ।

घटनापछि केआइआइटीमा विद्यार्थीहरूले मौन प्रदर्शन गरेका छन्, जसमा नेपाली छात्राहरूमाथि कथित शारीरिक आक्रमण र छात्रावासबाट निकालिएको आरोप लगाइएको छ ।

ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य–खोज समिति गठन गरिसकेको छ ।