काठमाण्डु– प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा केआईआईटी कलेजका दुई सुरक्षागार्ड पक्राउ परेका छन् ।
भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।
लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।
यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो ।
होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो ।
प्रतिक्रिया