आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ


पाँचथर– प्रहरीले पाँचथरको फिदिम नगरपालिका वडा न ३ सिलौटेका डिकबहादुर मुखियालाई प्रकाउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मुखियालाई प्रहरीले पक्राउ गरेको हाे ।

मादक पदार्थ सेवन गरेका मुखियाले फागुन ५ गते ४५ बर्षीया श्रमिती गंगामाया मुखियालाई कुटपिट गरेको र सोही दिनदेखि गंगामाया बेपत्ता भएको भनी स्थानीय बासिन्दाहरुले आइतबार प्रहरी चौकी पौवामा निवेदन दिएपछि घटना थाहा भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घरदेखि टाढा आलुबारीमा गंगामायाको हत्या गरी वर्कोले बेरेर गाडेको बताएपछि प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा गाडेको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement