रेल चढेर भियतनाम पुगेका किमलाई ट्रम्पको अफरः एयरफोर्सबाट दुई घण्टामै घर पुर्‍याइदिन्छु


एजेन्सी – उत्तर कोरियाली शासक किम जोङ उन र अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई पटक शीखर वार्ता भयो । सन् २०१८ मा सिंगापुर र २०१९ मा भियतनाममा शीखर वार्ता भएको थियो । शीखर वार्ताका क्रममा ट्रम्प र किमबीच भएको एउटा रमाइलो कुराकानी दुई वर्षपछि सार्वजनिक भएको छ ।

डोनाल्ड ट्रम्पले रेल चढेर शीखर वार्ताका लागि पुगेका किमलाई आफूले एयरफोर्सबाट घर छोडिदिने प्रस्ताव राखेको विषय सार्वजनिक भएको हो ।

ट्रम्पले भियतनामको हनोईमा भएको शिखर सम्मेलन पछि उत्तर कोरियाली नेता उनलाई एयर फोर्स विमानबाट घर छोडिदिने प्रस्ताव राखेको तथ्य खुलेको छ । तर, जवाफमा किमले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका थिए । उनले विमानमा सुरक्षा खतरा हुने भएकाले आफू रेलबाटै स्वदेश फर्किने बताएका थिए ।

ट्रम्पले भियतनाममा सम्पन्न शिखर सम्मेलन पछि किमलाई एयरफोर्स वनमा लिफ्ट दिएर घर छोडिदिने भनेर गरेको प्रस्तावबाट धेरै अनुभवी कूटनीतिज्ञहरूलाई पनि चकित बनाएका थिए ।

राष्ट्रपति ट्रम्पलाई थाहा थियो कि किम चीनबाट हनोईमा दुई दिन रेलबाट आइपुगेका छन । ट्रम्पपले भने, ‘यदि तपाई चाहानुहुन्छ भने दुई घण्टामा घर पुर्याउन सक्दछु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement