ट्रम्प र किमबीच सिंगापुरमा वार्ता सुरु


ऐजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच सिंगापुरमा ऐतिहासिक वार्ता सुरु भएको छ । अन्तराष्ट्रिय संचार माध्यमले जनाएअनुसार सिंगापुरको सेनटेसा आइसल्याण्डको क्यापेला होटलमा उनीहरुबीच वार्ता सुरु भएको हो ।

दुई नेताबीच वान–टु–वान वार्ता हुनेछ । दुई नेताको भेटलाई अन्तराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ । दुवै नेताले दुबै देशबीचको सम्बन्धलाई नयां आधारमा अघि बढाउन चाहेको प्रतिक्रिया दिएका छन् ।

https://twitter.com/twitter/statuses/1006342810793111552

प्रतिक्रिया दिनुहोस
Advertisement