किरण गजमेर भन्छन्ः भुटानी शरणार्थी हुँ भन्दा गर्व लाग्छ


काठमाण्डु- भुटानी शरणार्थीको रूपमा हुर्किएका किरण गजमेरले भ्वाइस अफ नेपाल सिजन—३ को विजेता भएपछि शरणार्थी भन्दा गर्व लाग्ने गरेको बताएका छन्।

उनले भने, ‘आफूसँग देश छैन र नागरिकता छैन भन्ने कुराले पिरोल्थ्यो र एकदम नै चित्त दुख्थ्यो तर अहिले शरणार्थी हुँ भन्दा गर्व लाग्छ ।’ अमेरिकामा अध्ययनरत २५ वर्षीय गजमेर झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement