किष्ट कलेजमा बदमासी भएको पुष्टी,अनुगमनका लागी पुगे विद्यार्थी नेता


ललितपुर- मेडिकल शिक्षामा मनमरी शुल्क लिने कलेजमा अनुगमन गर्न अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ,अनेरास्ववियु अध्यक्ष नविना लामा र नेविसंघ कावा अध्यक्ष पुष्प शाही नेतृत्वको संयुक्त टोली आज किस्ट मेडिकल कलेजमा पुगेको छ।

अनुगमनका क्रममा संयुक्त विद्यार्थी संगठनको टोलीले भर्ना शाखा,लेखा शाखा र प्रशासनमा पुगेर शुल्क सम्वन्धी विषय वुझेका थिए। अनुगमन टोली आएको थाहा पाएपछि किस्ट कलेजका अध्यक्ष आशिष थापा प्रहरीको सहरा लिएर विद्यार्थीको घेरा तोडी भागेको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

अनुगमनका क्रममा एमविविएसमा प्रति विद्यार्थी ६२ लाख र विडिएसमा ३६ लाख सम्म असुलेको बस्नेतले जनाए। सरकारले एमविविएसमा ३८ लाख ५० हजार र विडिएसमा १९ लाख २५ हजार मात्र लिने निर्देशन गरेको छ। अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार वेडमा विरामी नभएको र ल्याब र भौतिक पुर्वाधार समेत अपर्याप्त रहेको विद्यार्थी नेताहरुले वताए।

तीन विद्यार्थी संगठनहरूले चर्को शुल्क लिएका पाँचवटा मेडिकल कलेज र कर नवुझाउने विद्यालयहरुको अनुगमन गर्न प्रत्येक संगठनवाट ७ जनाको दरले २१ सदस्यीय अनुगमन टोली वनाई अनुगमन थालेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement