पार्क बनाउन टोखालार्इ काठमाडाैं महानगरको एक करोड सहयोग


काठमाडौं – काठमाडौं महानगरपालिकाले नगर—नगर साझेदारि कार्यक्रम अन्तर्गत छिमेकी टोखा नगरपालिकालाई बालमैत्री उद्यान (पार्क) निर्माणका लागि एक करोड रुपैयाँको चेक उपलब्ध गराएको छ।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले टोखा नगरका मेयर प्रकाश अधिकारीलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।

टोखा नगरको पूर्वाधार निर्माणअन्तर्गत बालमैत्री पार्क निर्माणका लागि प्रस्ताव प्राप्त भएपछि महानगरले आव  २०७४-०७५ मा विनियोजन भएको रकमबाट यो रकम उपलब्ध गराएको हो।

दुई नगरबीच सम्पन्न सम्झौताका आधारमा, यो रकम टोखा नगरपालिका वडा नं. १ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बाल उद्यान निर्माणमा खर्च हुनेछ । ३ बर्षभित्र निर्माण गरिसक्नु पर्ने सम्झौता गरेर रकम हस्तान्तरण गरिएको हो । टोखा नगरले यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न करीव २५ करोडको लागत अनुमान गरेर गुरुयोजना तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement