केएमसीको तेस्रो तलाबाट हाम फालेर सोलुखुम्बुका युवकको मृत्यु


काठमाण्डु – काठमाण्डु मेडिकल कलेजबाट हामफालेर एक जना युवाको मृत्यु भएको छ ।

सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका सोलुखुम्बुको जुगु गाउँपालिकाका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको छ ।

आफ्नै शरीरमा आगो लगाएपछि आइतबार साँझ अस्पताल भर्ना भएका युवा तेस्रो तलाबाट हाम फालेका थिए । उनको मानसिक सन्तुलन बिग्रिएको थियो ।

कुरुवा बसेकी आमा औषधी किन्न गएका बखत उनी झ्यालबाट हाम्फालेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement