‘को बन्छ करोडपति’ को सेटमा भद्रगोल टिम


काठमाडौं – चर्चित नेपाली हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ को टोली ‘को बन्छ करोडपति’ को सेटमा पुगेको छ । सेलिब्रेटी इपिसोड अन्तर्गतको उक्त शो आगामी साता टेलिभिजनमा हेर्न पाइने भएको छ ।

पछिल्लो समय नेपाली टेलिभिजनमा चर्चित बनिरहेको रियालिटी शो ‘को बन्छ करोडपती’ मा ‘भद्रगोल’ को टोली पुगेर रमाइलो माहोल बनाएको छ ।

‘भद्रगोल’ का कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’ ले राजेश हमालसँग ‘करोडपति’ कार्यक्रम खेलेको छन् ।

‘भद्रगोल’ को टोलीले यस कार्यक्रममा जितेको रकम धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement