कोलकताको एक होटलमा आगलागी हुँदा १५ जनाको मृत्यु

कोलकताको एक होटलमा आगलागी हुँदा १५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको पश्चिम बंगाल राज्यको कोलकतामा एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।

स्थानीय ऋतुराज होटलमा मंगलबार राति भीषण आगलागी भएको थियो। कोलकाता प्रहरी आयुक्त मनोज कुमार बर्माले घटनाको पुष्टि गर्दै आगलागीको कारण पत्ता लगाउन विशेष टोली गठन गरिएको जानकारी गराए।

प्रारम्भिक अनुसन्धानमा बिजुलीको मिटर नजिकैबाट आगो सुरु भएको देखिएको छ। प्रत्यक्षदर्शीका अनुसार आगो होटलको भान्साबाट सुरु भएको हुन सक्छ।

दमकल र उद्धारकर्मीले करिब एक दर्जन मानिसलाई बाहिर निकालेका थिए। चौथो तलाबाट हाम फाल्ने प्रयासमा दुई जना घाइते भएका छन्। प्रत्यक्षदर्शीले आगोबाट बच्न धेरैले झ्याल र साँघुरो किनाराबाट भाग्ने प्रयास गरेका थिए।

पाँचतले यो होटलमा प्रायस् अन्य राज्यबाट आएका व्यापारी बस्ने गर्छन्।