कोमल वलीले भनिन्ः म झन् राम्री देखिएकी छु


काठमाण्डु – दरबारमार्गस्थित सिल्क फेसनले सातौं वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । सभासद तथा गायिका कोमल वलीको प्रमुख आतिथ्यमा सिल्क फेसनले वार्षिकोत्सब मनाएको हो ।

सिल्क फेसनले सात वर्षमा गरेको प्रगतीको तारिफ गर्दै आगामी दिनमा सफलता हासिल गर्न सांसद वलीले शुभकामना दिइन् । ‘सिल्क फेसनको पोशाक मैले पनि लगाए । एकदमै चित्त बुझ्यो,’ वलीले भनिन्, ‘यो पहिरनमा झन् राम्री देखिएकी छु ।’

पछिल्ला दिनमा बुटिकहरुले उल्लेख्य प्रगती गरेको उनले बताइन् । नेपालका बुटिकहरुले उत्पादन गरेका लुगाहरु ठूलोे मात्रामा विदेशमा निर्यात भईरहेको उनले बताइन् । आफ्नो साताैं वार्षिकोत्सबका अवसरमा सिल्क फेसनले विभिन्न क्षेत्रका अग्रणि महिलाहरुलाई सम्मान प्रदान गरेको थियो ।

जसमा फेसन व्यवसायी शैलजा अधिकारी, समाजसेवी कल्पना क्षेत्री, शिक्षाविद् उर्मिला बस्नेत, गायिका सुनिता दुलाल, सौन्दर्यविद् रस्मिला श्रेष्ठ र व्यवसायी सपना थापालाई खादा तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै चलचित्र पत्रकार संघ, नेपालका उपाध्यक्ष जीवन पराजुली, फोटोग्राफर च्याङ्गबा लामा लगायत अन्य मिडियाकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रमका सभापति तथा सिल्क फेसनकी सञ्चालक सृजना पोखरेलले आउने दिनमा सिल्क फेसनले नयाँ–नयाँ
डिजाइन पस्किने बताइन् ।

कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रिय सभा सदस्य (सांसद) तथा गायिका कोमल वली र समाजसेवी रमिला आचार्यलेगरेका थिए । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ, मोडल तथा नायिका खुश्बु खड्का लगायत बिभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तित्वहरुको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement