बायर्नका प्रशिक्षक कोम्पानी प्रशिक्षणस्थलमै ढलेपछि अस्पताल भर्ना

बायर्नका प्रशिक्षक कोम्पानी प्रशिक्षणस्थलमै ढलेपछि अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चर्चित जर्मन फुटबल क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पानी प्रशिक्षणस्थलमै अचानक ढलेपछि अस्पताल भर्ना भएका छन्।

शुक्रबार क्लबको दोस्रो टोलीको प्रशिक्षण हेर्ने क्रममा ४० वर्षीय कोम्पानी अचानक ढलेका हुन्। जर्मन सञ्चारमाध्यमका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ। अस्पतालमा उनको स्वास्थ्य परीक्षण भइरहेको छ।

बायर्न म्युनिखले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोम्पानीलाई प्रशिक्षण सत्रका क्रममा स्वास्थ्य समस्या भएपछि चिकित्सकीय सहायता प्रदान गरिएको जनाएको छ।

ुमुख्य टोलीका प्रशिक्षक कोम्पानी अस्पतालमा विस्तृत परीक्षण गराइरहेका छन् र चिकित्सकीय निगरानीमा रहनेछन्,ु क्लबले जनाएको छ।

उनको अनुपस्थितिमा बायर्नको प्रशिक्षक टोलीले प्रशिक्षण तथा खेलसम्बन्धी जिम्मेवारी सम्हाल्नेछ।

भाइरस संक्रमणबाट अस्वस्थ कोम्पानी

कोम्पानी यसअघि पनि भाइरस संक्रमणका कारण अस्वस्थ थिए। उनले मंगलबार आर्सनलविरुद्धको च्याम्पियन्स लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा भाग लिएका थिएनन्। तर, बुधबार आर्सनलविरुद्धको महत्त्वपूर्ण खेलमा उनी मैदानको टचलाइनमा उपस्थित थिए।

जर्मन फुटबल पत्रकार तौफिग खलिलका अनुसार कोम्पानी करिब एक सातादेखि भाइरस संक्रमणबाट प्रभावित थिए। गत शनिबार आरबी लाइपजिगविरुद्धको खेलपछि नै उनी अस्वस्थ देखिएको खलिलले बताएका छन्।

बायर्नका खेलकुद निर्देशक म्याक्स एबरलले कोम्पानीको स्वास्थ्य क्लबको प्राथमिकतामा रहेको बताएका छन्। ुकोम्पानीले पूर्ण रूपमा निको हुन समय पाउनेछन्। उनलाई सबै चिकित्सकीय सेवा र सहयोग उपलब्ध गराइँदैछ,ु एबरलले बताएका छन्।

आइतबारको खेलमा नहुने

बायर्नले आइतबार जर्मन बुन्डेसलिगाअन्तर्गत फ्राइबर्गसँग खेल्दैछ। कोम्पानी अस्पतालमा रहेकाले उक्त खेलमा उनको उपस्थिति अनिश्चित छ। उनको स्थानमा प्रशिक्षक टोलीले जिम्मेवारी सम्हाल्ने क्लबले जनाएको छ।

कोम्पानीले सन् २०२४ मेमा बायर्नको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनले इंग्लिस क्लब बर्नलीको प्रशिक्षण सम्हालेका थिए।

बर्नलीलाई सन् २०२२(२३ सिजनमा इङ्ग्लिस च्याम्पियनसिपको उपाधि दिलाएका उनी त्यसपछिको सिजनमा टोली प्रिमियर लिगबाट रेलिगेसनमा परे पनि बायर्नको प्रशिक्षक नियुक्त भएका थिए।

उनको नेतृत्वमा बायर्नले पछिल्ला दुई सिजन जर्मन शीर्ष डिभिजनको उपाधि जितेको बीबीसीले जनाएको छ। सन् २०२५(२६ को च्याम्पियन्स लिगमा बायर्न सेमिफाइनलसम्म पुगेको थियो, जहाँ अन्ततः उपाधि जितेको पेरिस सेन्ट(जर्मेनसँग पराजित भएको थियो।

खेलाडीका रूपमा कोम्पानीले म्यानचेस्टर सिटीमा ११ वर्ष बिताएका थिए। त्यसक्रममा उनले चार पटक प्रिमियर लिग, दुई पटक एफए कप र चार पटक लिग कप जितेका थिए।