जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा पुन: भजिन्द्रबहादुर क्षेत्री निर्वाचित

जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा पुन: भजिन्द्रबहादुर क्षेत्री निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दक्षिण कोरियामा नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ केन्द्रीय अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट भजिन्द्रबहादुर क्षेत्री पुनः सभापतिमा निर्वाचित भएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार क्षेत्रीले ८५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी लक्ष्मण दाहाललाई १५ मतको अन्तरले पराजित गरेका हुन्। दाहालले ७० मत प्राप्त गरेका छन्।

उपसभापतिमा सागर माङ्मु ७९ मत र खेमराज देवकोटा ७७ मतसहित निर्वाचित भएका छन्। यस पदका उम्मेदवार प्रेमसागर पौडेलले ७३ मत तथा सुरेश उप्रेतीले ६३ मत प्राप्त गरेका छन्।

त्यसैगरी महामन्त्रीमा डा. केशव थापा ८७ मत र बमबहादुर तामाङ (रविप्रताप) ८३ मतसहित निर्वाचित भएका छन्। महामन्त्री पदका उम्मेदवार अर्जुन सेन्दाङ लिम्बुले ६६ मत तथा जितबहादुर बिक (जितु)ले ६५ मत प्राप्त गरेका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित सभापति क्षेत्रीले आफूलाई पुनः नेतृत्वको जिम्मेवारी सुम्पने सम्पूर्ण मतदाता, नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचनलाई प्रतिस्पर्धाको अन्त्य तथा संगठनलाई थप एकताबद्ध बनाउने अवसरका रूपमा लिन आग्रह गर्दै सबै पक्षबीच सहकार्य, समन्वय र आपसी विश्वासलाई प्राथमिकता दिने बताएका छन्।

उनले आगामी कार्यकालमा दक्षिण कोरियामा रहेका नेपाली समुदायको हकहितको संरक्षण, संगठनको विस्तार तथा सुदृढीकरण गर्दै नेपाली जनसम्पर्क समितिलाई अझ प्रभावकारी, गतिशील र सबैको साझा संगठनका रूपमा स्थापित गर्न इमान्दारी, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।