काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये नौ हजार चार सय नेपाली कोरिया जान पाएका छैनन्। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन्।
कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोरिया जान पाउने गरेका छैनन्। परीक्षा छनोटको आधारमात्रै बनेको छ। कोरियाले हरेक वर्ष कोटा निर्धारण गर्छ। त्यसैअनुसार भाषा परीक्षामा उत्तीर्ण हुनेको नामावली प्रकाशन हुँदै आएको छ। कामदार आफैँले पनि रोजगारदाता छनोट गर्न पाउँदैनन्। हामीले परीक्षा सञ्चालन गर्ने र रोजगारदाताले चयन गरेकालाई पठाउन समन्वय मात्रै गर्ने हो । ईपीएसका सूचना अधिकारी शोभाकर भण्डारीले भने।
भाषा परीक्षा पास गर्नेले दुई वर्षभित्र रोजगारदाताले चयन नगरे पुनः परीक्षामा सहभागी हुनुपर्छ। हाम्रो समय र पैसा मात्रै सकियो कोरिया जान नपाएका ताप्लेजुङका रमेश लिम्बूले भने, भाषा सिक्न काठमाडौंमा आए । नाम निस्कियो। कोरिया जान पाइन्छ भनेर कुरेर बसियो। अवसर आउँदा अरू काम पनि गरिएन। यो खबर आजको कान्तिपुर दैनिकमा छ।




प्रतिक्रिया