काठमाण्डु-नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुँदैछ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिदैछन् ।
कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्री भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् ।
कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् ।
यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।
गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने एउटा मन्त्रालय छाडेर सरकारमा सहभागी हुन लागेको हो ।
कांग्रेसले पाउने ४ मध्ये १ मन्त्री र १ राज्यमन्त्री भने डाक्टर शेखर कोइराला समूहलाई दिने तयारी छ । उक्त समूहबाट नाम नदिएको कारण खाली राखेरै मन्त्रीमण्डल विस्तार हुन लागेको हो । यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री लिने सहमति भएको थियो ।
असार १७ गते केन्द्रमा एमाले कांग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका थिए ।
प्रतिक्रिया