कोशी प्रदेशमा विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

कोशी प्रदेशमा विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सभामा विषयगत समितिका सभापतिहरूले शुक्रबार सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) को नियम १३४ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोेत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

त्यस अवसरमा सभामुख विष्टले विषयगत समितिका सभापति निर्विरोध निर्वाचन हुनुले दलका बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कारलाई देखाएको बताए । उनले लामो समयपछि ‘मिनि संसद्’का रूपमा रहेका विषयगत समितिले आफ्ना कामकारबाही उचित र प्रभावकारी ढंगले सम्पादन गर्ने विश्वास व्यक्त गरेका छन् ।