काठमाण्डु- कोशी प्रदेश सरकारले आजदेखि लगानी सम्मेलन गर्दैछ । विराटनगरको वीरेन्द्र सभागृहका उद्घाटन हुने सम्मेलन दुई दिन चल्नेछ।
लगानीको हिसाबले प्रचूर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ।
प्रदेश लगानी प्राधिकारका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। ७१ परियोजना सोकेसिङ गरिएको र यसको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको जानकारी दिए। तीमध्ये करिब दुई दर्जन परियोजना कार्यान्वयनका लागि विभिन्न लगानीकर्तासँग सम्झौता हुने बताइएको छ।
पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, सेवा लगायत आठ वटा महत्वपूर्ण क्षेत्रका परियोजनाहरूलाई सम्मेलनमा प्रदर्शन गरिनेछ।
प्रतिक्रिया