विराटनगर – कोशी प्रदेशमा नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
कांग्रेसका मन्त्रीहरूले बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारको नेतृत्वमा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी र राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा छन् ।
राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेस सरकारबाट बाहिरिएको बताए ।
यसअघि एमाले र नेकपाबिच प्रदेश सरकार गठनका विषयमा ३ बुँदे सहमति भएपछि नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो । समर्थन फिर्ता लिएपछि पनि कांग्रेसका मन्त्रीहरू सरकारमै रहेका थिए ।




प्रतिक्रिया