कोशी सरकारविरुद्धको रिटको पेशी पूर्ण इजलासमा पेश गर्न आदेश


काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटको सुनुवाई पूर्ण इजलासबाट हुने भएको छ ।

आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो ।

मुद्दाको अर्को पेशी यही भदौ १८ गतेलाई तोकिएको छ । प्रदेशसभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठकको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएका थिए ।

सभाध्यक्षले विश्वासको मत दिनु असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement