कोशीका मुख्यमन्त्रीको विश्वासको मत विरुद्धको रिट हेर्दाहेर्दैमा


काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सोमबार पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भई हेर्दाहेर्दैमा राखिएको छ ।

रिटमा बहस जारी रहेकाले हेर्दाहेर्दैमा राखिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

सोमबार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदी सहितको पूर्ण इजलासले रिट निवेदनमाथि सुनुवाइ गरेको छ ।

कोशी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाविरुद्ध रिट दायर गरेका थिए । सभाको अध्यक्षता गरेका सांसदले समेत विश्वासको मत दिएपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement