कोशी प्रदेशमा फेरि अध्यादेशबाट बजेट ल्याइँदै


विराटनगर – नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वको कोशी प्रदेश सरकारले बजेट शून्यता अन्त्य गर्न अध्यादेशबाट बजेट ल्याउने भएको छ ।

यसअघि अध्यादेशबाट ल्याएको बजेट प्रदेश सभाबाट पारित नभई निष्क्रिय भए पनि प्रदेश सरकारले पुनः अध्यादेशमार्फत नै बजेट ल्याउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राति बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरण सहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement