कोशी प्रदेशसभा सभामुख लिएर मुख्यमन्त्रीमा सहयोग गर्न राप्रपालाई गठबन्धनको ‘अफर’


काठमाण्डु – केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशसभा सभामुख राप्रपालाई दिएर मुख्यमन्त्रीमा समर्थन जुटाउन प्रयास गरिरहेको छ ।

सत्ता गठबन्धनको बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राप्रपालाई सभामुख दिएर मुख्यमन्त्रीमा समर्थन लिनेबारे छलफल भएको छ ।

गठबन्धनले माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । कोशीमा प्रदेशसभा विघटन हुने अवस्थामा पुगेकाले राप्रपालाई समेटेर सरकार बनाउने प्रयास गरिएको छ ।

कोशीका तत्कालीन सभामुखले राजीनामा दिएकाले सभामुख पद रिक्त छ ।

कोशीमा समर्थनबारे निर्णय लिन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement