कोशीमा प्रदेश प्रमुखसामु ‘बहुमत प्रदर्शन’ ! कार्कीको पक्षमा ४७ सांसदहरू उपस्थित


विराटनगर – कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुखको कार्यालयमा ‘बहुमत प्रदर्शन’ गराएका छन् ।

सांसद कार्कीलाई मुख्यमन्त्रीको दाबीमा समर्थन गरेका प्रदेश सांसदहरू भौतिक रूपमै प्रदेश प्रमुखको कार्यालय उपस्थित भएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएर प्रदेश प्रमुखको मुख्यमन्त्री नियुक्तिको निर्णय गर्ने बेला कार्की पक्षका सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङसामु पुगेका छन् । संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेसम्म समय दिएका थिए ।

कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा कांग्रेसका ८ र एमालेका ३९ सांसदले हस्ताक्षर गरेका छन् ।

अर्काेतिर नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बोले कांग्रेससहित ४ दलका नेताहरूको हस्ताक्षरसहित बहुमत पुगेको भन्दै दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement