कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकियो


काठमाण्डु- कोशी प्रदेशका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईलाई जिम्मेवारी दिएका हुन् ।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्कीले गत असोज २७ गते पहिलो मन्त्रिपरिषद् विस्तार गरेका थिए। सोही दिन मन्त्री नियुक्त भएका एमालेका राम रानाले पछि राजीनामा दिएका थिए।

माओवादी र एकीकृत समाजवादीलाई समेत मन्त्रिपरिषद्‌मा सामेल गराइएको भन्दै उनले राजीनामा दिएका थिए। माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement