कोशी प्रदेशको सभामुखमा विष्ट सर्वसम्मत

कोशी प्रदेशको सभामुखमा विष्ट सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट सर्वसम्मत भएका छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मत भएका हुन् ।

मंगलबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेपाली कांग्रेस र एमालेको संसदीय दल बैठकले विष्टलाई समर्थन गर्ने निर्णय गरेपछि उनी सर्वसम्मत भएका छन् ।

आज मंगलबार बस्ने प्रदेशसभा बैठकबाट आवश्यक प्रक्रिया पुर्‍याएर विष्टलाई सभामुख निर्वाचित गर्ने कार्यसूची रहेको छ ।