कोशीमा एमाले र राप्रपाबीच तालमेल

कोशीमा एमाले र राप्रपाबीच तालमेल


काठमाण्डु- राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनमा राप्रपाले कोशीमा महिलातर्फ कसैलाई उम्मेदवार बनाएको छैन ।

अन्य तर्फबाट भने उद्धव पौडेललाई अघि सारेको छ । एमालेले उद्धव पौडेललाई सघाउने र महिलातर्फ एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने दुई दलबीच सहमति बनेको हो ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । कोशी प्रदेशमा हाल कोशीमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।