कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ


बिराटनगर  – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापालाई सपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका छन् ।मुख्यमन्त्री थापाले दुई बिना विभागीय मन्त्रीसहित सरकार गठन गरेका हुन् । मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु   र नेपाली कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुको कार्यविभाजन बाँकी रहेकोले विना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् ।

सरकारमा जाने नजाने विषयमा माओवादी केन्द्रले भने निर्णय गरेको छैन । सभामुखलाई सरकारको दाबी पेसमा संलग्न गराएको विषयमा माओवादीमा विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement