विराटनगर- कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन आयोजना गर्ने भएको छ । पूर्वनिर्धारित समय अनुसार माघ ११– १३ का लागि सम्मेलन निश्चित भए पनि तयारीको समय अभाव भएको भन्दै सम्मेलनको मिति सारिएको हो ।
सम्मेलन वैशाख १८ देखि १९ गतेसम्म हुनेछ ।
प्रदेश सरकारले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।
सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँका १४ परियोजनाहरू प्रस्तुत गरिने सम्मेलन सचिवालयका संयोजक प्रदेश सचिव पवनकुमार तिमिल्सिनाले जानकारी दिए । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
सम्मेलनमा प्रस्तुत हुने ५४ परियोजनामध्ये कृषि र पर्यटन क्षेत्रका परियोजनाहरू बढी संख्यामा छन् । प्रदेश सरकारले निजी, एनआरएन र विदेशी लगानी भित्र्याउने प्रयत्न जारी राखेको छ ।
प्रतिक्रिया