कोशी लोकमार्गमा यात्रा गर्दा चनाखो रहन आग्रह

कोशी लोकमार्गमा यात्रा गर्दा चनाखो रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो ।

कोशी लोकमार्गको झन्डै एक सय मिटर सडक कटान भएको थियो । सडक भत्केपछि दुईतर्फी नै अवरुद्ध भएको थियो ।

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिए ।

लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उनले आग्रह गरे ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । सडक पूर्णरुपमा मर्मत गरी दुइतर्फी खुलाउन केही दिन लाग्ने छ ।