बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड


काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर काठमाण्डुमा पनि परेको छ।

काठमाण्डुको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ताको एक समूह एक्कासि आएर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेकाे महासागर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।

त्यस्तै, कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका डीआईजी मोहन आचार्यका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको हो ।

कपडामा बेरेको अवस्थामा राखिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ । हाल डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement