कोटेश्वरमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास


काठमाण्डु – एकाबिहानै काठमाण्डुको कोटेश्वरमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।

आज आइतबार बिहान ६ः३० बजे काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर चोकमा राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो ।

कटुवा पेस्तोल देखाएर मोबाइल फोन माग्ने क्रममा आफूले प्रतिवाद गर्दा पेस्तोल झरेपछि ती व्यक्ति भागेको भन्ने खबर आएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

उनले प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement