देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको संकल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको संकल्प


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकआपसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने संकल्प गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १, २ र ७ को प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताए ।

‘केही मान्छेको स्वार्थका कारण देश बन्न सक्दैन । देश अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको फूटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौं । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ । नेपालको परिचय राखेकामा म खेलाडीलाई धन्यवाद दिन चाहान्छु । हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ । त्यसमा सरकारको सक्दो साथ रहनेछ ।’