संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको हो ।

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

‘प्रधानमन्त्री संसद्‌मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ । तर शुक्रबार विपक्षी दलका नेता बाहिर भएकाले संसद्‌मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी स्थगित भएको बर्तौलाले बताए । प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोरखा भएका छन् ।

संसद्‌को बजेट अधिवेशन १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।